शिक्षासमाचार

“बालबालिकाले पाए घरमै बसेर पढ्ने सामाग्री”

सिन्धुली, ९ असार २०७७

तमशोमा ज्योतिर्गमय अर्थात अध्यारो बाट उज्यालो तर्फ यस भनाई लाई सादर गर्ने हो भने शिक्षा लाई मानिसको जीवनको तेस्रो आखाँ भन्दा अतिसयुक्ति नहोला । भन्छन् नि जस्तो सुकै कठिन परीस्थितीमा पनि विवेक को आवश्यता पर्दछ र त्यो मात्र शिक्षा बाट प्राप्त हुन्छ । यसै भनाईलाई सार्थक तुल्याउन लागि परेका छन् सिन्धुलीका साना साना बालबालिकाहरु र उनिहरुको अभिभावकहरु । विश्वभर अहिले एउटै मात्र सन्त्रास एक तमासले फैलिरहेको छ । त्यो हो कोरोना भाइरस अर्थात कोभिड–१९ जुन सर्वप्रथम छिमेकी देश चिनको उहान बाट सुरु भएको थियो । जसको प्रभाव अहिले विश्वका ११० भन्दा बढि मुलुकहरुमा प्रत्यक्ष रुपमा देखिसकेको छ । चिन बाट शुरु भई युरोप, अमेरिका हुँदै विभिन्न एशियन देशहरुमा पनि यसको सघन प्रभाव देखा परिरहेको छ जसबाट नेपाल पनि अछुत रहेको छैन ।

यस संक्रमणलाई विश्व स्वास्थ्य संगठनले एक विश्वव्यापि महामारीको संज्ञा दिईसकेको छ । विश्वका सबै जसो राष्ट्रहरु यस भाइरसको चपेटामा पर्न थालिसके पछि नेपाल सरकारले प िनगत चैत्र ११ गतेबाट देशब्यापि रुपमा लक डाउन जारि गरेको थियो जसको प्रभाव प्रत्यक्ष जनजीवनमा परिरहेको छ । जसको कारणले सबै शैक्षिक संस्थाहरु बन्द भई साना साना भाई बहिनिहरु विद्यालय जानबाट बञ्चित भई घरमा नै बस्न बाध्य भएका छन् । यसका साथै उनिहरु आफ्नो अमुल्य समय खेलेर नै विताएको अभिभावकहरुको गुनासो रहँदै आएको थियो ।
यसै विच सोमबार र मंगलबार जिल्लाका तिनवटा गाउँपालिकाहरु क्रमश (गोलन्जोर, तीनपाटन र फिक्कल) का ३० वटा सामुदायिक विद्यालयहरुका १ कक्षा देखि ३ कक्षा सम्मका बालबालिकाहरुले यस महामारी पश्चात नेपाल सरकार पाठ्यक्रम विकास केन्द« द्धारा प्रकाशित घरमै बसेर सिक्न र पढ्न सकिने स्वअध्यय्न सामाग्रीहरु प्राप्त गरेका छन् । उक्त पुस्तकका साथमा बालबालिकाहरुले कपि डटपेन र पेन्सिल लगायतका शैक्षिक सामाग्रीहरु पनि प्राप्त गरेका छन् । यस अत्यन्तै संवेदनशिल परीस्थितीमा पनि शैक्षिक सामाग्री सिन्धुली जिल्लामा लामो समय देखि शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको सामाजीक संस्था सिन्धुली एकिकृत विकास सेवा (सिड्स नेपाल), सिन्धुलीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालित नेपाल कभर परियोजना अन्तर्गतको शिक्षा कल्ष्टर मार्फत बालबालिकाहरुलाई यि सामाग्रीहरु उपलब्ध गराएको हो ।

उक्त बालबालिकाको स्वअध्यय्न पुस्तक हातमा लिदै अभिभावक दिल कुमारी वि.क भन्नुहुन्छ “यतिबेला सम्म खेलेर हामा्र बालबालिकाले समय विताएको अव यस सामाग्रीहरु मार्फत उनिहरुलाई धेरै कुराहरु सिकाउन सकिने भएकाले म सहयोगि संस्थाप्रति हार्दिक धन्यवाद दिन चाहन्छु” । लक डाउनको समयमा “बालबालिकाले दैनिक जीवन सँग सम्बन्धि सिपका साथै आधारभुत गणित विषयका कुराहरु एकै पुस्तक बाट अभिभावकले घरमै सजिलै सँग सिकाउन सक्ने भएकाले यस्ता सामाग्री वितरण गरिएको र यसमा अभिभावकहरुलाई कसरी बालबालिकालाई मार्ग निर्देश गर्ने भन्ने टिप्स समेत भएकोले यसले बालबालिकाको सिकाई अभिवृद्धी गर्न सहयोग पुग्ने बताउनुहुन्छ सिड्स नेपालका तालिम संयोजक उद्धव पौडेल” । ३० विद्यालयका एक हजार ५ जना विद्यार्थीहरुले पुस्तक अध्ययन गरेका छन् ।
साथै उक्त सामाग्रीहरुको वितरण सम्बन्धित गाउँपालिका तथा वडाका साथै विद्यालयहरुको सहकार्य तथा समन्वयमा सुरक्षा तरिका अपनाउँदै सामाजिक दुरी कायम गरि बाँडिएको थियो । संस्थाले लामो समय देखि सम्बन्धित क्षेत्रमा शिक्षा, विपद जोखिम न्यूनिकरण, बालमैत्रि स्थानिय शासन जस्ता क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Comment here