जीवन सैलीसमाचार

कोरोना संक्रमितको संख्या १० हजार ९९

सिन्धुली, ९ असार २०७७
नेपालमा दश हजार ९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक थप ५३८ जनामा कोरोना संक्रमण भएसंगै संगै संक्रमितको संख्याले दश हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप सङ्क्रमितमध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २४ रहेको जानकारी दिनुभयो ।

भाइरसबाट निको भई डिस्चार्ज हुनेको संख्या कुल डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार २२४ पुगेको छ । नेपालमा कोरोना भाइरस फेला परेका जिल्लाहरूको सङ्ख्या ७६ छ । देशभरका ७७ जिल्लामध्ये बाग्मती प्रदेशको रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ ।

Comment here