जीवन सैलीबागमतिसमाचार

सिन्धुलीमा तीन जनाले जिते कोरोना

सिन्धुली, ८ असार २०७७
सिन्धुलीमा कोरोनाको संक्रमण पुष्टि भएका तीन जना आज अस्पतालबाट डिस्चार्ज भएका छन् । भारतबाट सिन्धुली आई क्वारेन्टानइन बसेका कमलामाई नगरपालिकाका दुई जना र तीनपाटन गाउँपालिकाका एक जना डिस्चार्ज भएका हुन् ।

सिन्धुली अस्पतालमा रहेको आइसोलेसन कक्षमा भर्ना भएका तीनै जनालाई २२ दिनको अस्पताल बसाईपछि पिसिआर टेष्ट गर्दा नेगेटिभ आएकाले डिस्चार्ज गरिएको हो ।

तीनै जनालाई फुलमालाले सम्मान गरेर डिस्चार्ज गरिएको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालमा अव एक जना कोरोना संक्रमितको आइसोलेसनमा राखेर उपचार गरि रहेको र उहाँको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Comment here