सहकारी

बैदेशीक रोजगारीमा गएर आएकालाई सहकारीले उद्यमी बनाउने

सिन्धुली, ८ असार २०७७

हातेमालो साना किसान कृषि सहकारीले बैदेशीक रोजगारीबाट आएकालाई उद्यकी बनाउने कार्यक्रम ल्याएको छ । सहकारीले एघारौं वार्षिक साधारण सभाबाट यस्तो कार्यक्रम ल्याईएको हो ।

उक्त कार्यक्रममा बैदेशिक रोजगारीमा गएर आएका मात्र नभएर बैदेशिक रोजगारीमा जान तयारीमा रहेका युवालाई पनि रउद्यमी बनाइने संस्थाका अध्यक्ष रामबहादुर विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारबाट फर्किएका वा जानको लागि पासपोर्ट बनाइसकेका युवा÷ युवतीहरुलाई कृषि उद्यमी बनि कम्तिमा ५ वर्ष सम्म पेशालाई निरन्तरता गर्ने शर्तमा कृषि उद्यमी बन्न पहिलो प्राथमिकतामा राखिएको छ । साथै आवश्यक व्यवसायिक तालिमको प्रबन्ध मिलाउनुका साथै त्यस्ता सदस्यहरुलाई तीन लाख सम्म ऋण सदस्य बनेकै महिनाबाट विशेष लगानीको व्यवस्था मिलाइएको छ उहाँले बताउनुभयो ।

यस्तै अरु सहकारी तथा त्यागेको प्रमाण पेश गर्ने शेयर सदस्यहरुलाई कृषि उद्यमी बन्न पहिलो प्राथमिकतामा राखि आवश्यक व्यवसायिक तालिमको प्रबन्ध मिलाइने उहाँको भनाई रहेको छ । त्यस्ता सदस्यहरुलाई तीन लाख रुपैंया ऋण सदस्य बनेकै महिनाबाट विशेष लगानीको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

साथै सहकारीले साना किसान कृषि सिकाई केन्द्र संचालन गर्ने, साना किसान अर्गानिक कृषि उपज बजार संचालन गर्ने, साना किसान दुग्ध चिस्यान केन्द्र तथा कोल्डरुम निर्माण तथा संचालन गर्ने, साना किसान स्वास्थ्य सेवा संचालन गर्ने, साना किसान एम्बुलेन्स संचालन गर्ने, साना किसान कृषि ढुवानी सेवा संचालन गर्ने,साना किसान यातायात सेवा संचालन गर्ने, साना किसान सुचना बैंक स्थापना गर्ने,साना किसान कृषि संग्राहलय स्थापना गर्ने दीर्घकालिन महत्वका परियोजनाहरु पनि ल्याएको छ ।

थप विवरण सहित

Budget karyakram haru

Comment here