समाचार

पूर्व प्रधानपन्च पोख्रेलको ८५ बर्षको उमेरमा निधन

सिन्धुली, ७ असार २०७७
साविक शिद्धेश्वर गाउँ पञ्चायत सिन्धुलीका पूर्व प्रधानपन्च प्रेमबहादुर पोख्रेलको आज निधन भएको छ । ८५ बर्षको उमेरमा उहाँको निजि निवासमा निधन भएका हो ।
कमलामाई नगरपालिका ५ रायडिही निवासी पोख्रेलको आज विहान ८ बजे निधन भएको परिवारले जनाएको छ । पोख्रेल आफ्नो विचार प्रति अडिक, एक शहासी, निडर र कुशल नेतृत्वका रुपमा आफुलाई स्थापित गराउदै समुदायको हक अधिकारका लागि आफ्नो जीवन सर्मपीत गर्नु भएका एक अग्रज तथा चर्चित समाजसेवी हुनुहुन्थ्यो ।  उहाँको आजै हिन्दु संस्कार अनुसार अन्त्योष्टि गरिने परिवारले बताएको छ । दिउँसो ३ वजे शवयात्रा गर्ने बताइएको छ ।

हाल उहाँको पार्थिव शरिर निजि विारमा नै राखिएको छ भने स्थानीय नेता, कार्यकर्ता शुभेच्छुक तथा टोलबासिहरुले पोख्रेल प्रति भावपूर्ण श्रद्धाञ्जाली व्यक्त गरेका छन् ।

Comment here