साहित्य

कविता : जीवनका पहाडहरू

       – -१—
थाहा छः याे जीवन हैन
र,यसरी बाँचिदैन ।
अनि—
चल्दैन र यसरी चल्दैन जीवन
तर
चलाइरहेछु र चलाइरहेछु
चलाउनुकाे विकल्प छैन र चलाइरहेछु ।
              –२—
हुँदाहुँदै नहुँदाकाे पीडा
अाँखाका नानीभरि भएर चुहिएका पानी
पानीकाे समुन्द्र
पिउनुकाे पीडा
अतृप्त प्यासमा एक बूँद घुट्काे घुट्क्याइरहेछु ।
हाे, थाहा छ यसरी बाँचिदैन
र,यसरी बाँचिरहेछु ।
                         –३—
ममताकाे अाँगन लुटाएर हाँस्न सकिदैन
स्नेहकाे मुहान गुमाएर नाँच्न सकिदैन
र, सकिदैन—
अवाेध शिशुकाे घाँटी निचाेरेर मारी मारी बाँच्न ।
र,बाँच्नुकाे अतृप्त प्यास बाँकी रहेसम्म बाँचिरहेछु ।
                         –४—
छतहरू खल्बलिए पछि
खाबाहरूले आकार बदल्छन्
बदल्नुकाे बाध्यतामा लड्खडाउँछन्
हाे,लडखडाउनु बाँच्नुकाे परिभाषा हाेइन
र,बाँचिरहेछन् लड्खडाउनुलाइ बाँच्नुकाे प्रेस्क्रिप्सन पाएपछि ।
हाे,स्वाभिमान सिध्याएर बाँच्न कठिन हुन्छ
र,म बगलमा लड्खडाइरहेका भयंकर जिब्राहरू बाेकेर बाँचिरहेछु ।
                                           –५—
सँगै काँध जाेडेर बस्दा पनि उकुसमुकुस भएकाहरू
गिदीबाट धेरै तल चेतनाकाे स्खलन हुँदापनि बाँचेकै अभिनय गर्दा रहेछन् ।
जीवनकाे पहाड सितिमिति बुझिने कुरा हाेइन रहेछ ।
दाउमा सधैँ जित्ने कुरा मात्र गरिरहने मनाेवृति पनि याैटा राेग नै रहेछ ।
म,राेगीहरूकाे मार्चपास हेरिरहेछु-
कहिले लद्दाखमा
कहिले कालापानीमा ।
लिपुमा मन राखेर निथ्रुक भिजेर उभिएकाे मेराे जीवनकाे पहाड
आगाेकाे लप्कालाइ सरीताले निलेके क्वाप्प हेरेर
सर्लक्क सुकिरहेकाे छ ।
महामहिम ! के म बाँचिरहेकाे त छु ?
हाे,सास फेर्नु मात्र बाँच्नु हैन
र,बाँच्नुकाे बिकल्प सास फेर्नु हाे भनिदिए पछि बाँचिरहेछु ।
                                 –६—
याैटा पहाड चाहिएकाेछ जहाँ वहाँ खाली छ
जहाँ चाहिएकाे छ खाली वहाँ जीवनकाे पहाड छ
घरभित्र आगाे ठाेसेर ज्वाला निकाल्नु र घर डढाउनु
र,
करेसाे बारेर घर जाेगाउनु फरक कुरा रहेछ ।
साँच्चै जीवनकाे पहाड सगरमाथाजस्तै नहुँदाे रहेछ
याे त नाैनीकाे पहाडजस्तै हल्का ताप मै स्खलित भैहाल्ने नरम हुँदाेरहेछ ।
तापहरूले नैनीलाइ जीवन भनिदिए पछि-
म नाैनीकाे पहाडजस्तै जीवन लिएर बाँचिरहेछु ।
                      –७—
लास : आलु जत्तिकै हैसियतकाे हुँदाेरहेछ
काउलीमा मिसाए पनि हुने
मासुमा मिसाए पनि हुने ।
सजिलैका लागि लास बनाइरहेछन् ।
लासै त रहेछन् नि शासकहरू
लासै त रहेछन् नि उपासकहरू
जता लडाए पनि
जता सडाए पनि
जता भजाए पनि
लासहरू ठीक बेठीक छुट्याउने हैसियत राख्दैनन् ।
लासहरूलाइ गिध्दले लुछेपनि स्यालले लुछेपनि केही फरक पर्दाे रहेनछ ।
हाे,थाहा छ लास जीवन हैन
तर लास नै जीवन हाे काे असीम तृप्तीकाे वशीकरण घरघरमा छिरेपछि
म सग्लाे सर्सराउँदाे लासरूपी जीवनकाे पहाड लिएर बाँचिरहेछु ।
हेराैं,याे जीवनकाे पहाड कहिले भत्कन्छ !!!

 

Comment here