समाचार

सिन्धुलीमा सूरक्षा मापदण्ड उलंघन गर्नेलाई कारवाही हुने

सिन्धुली, ६ असार २०७७

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लाबासिलाई राती १० बजे देखी विहान ५ वजे सम्म हिडडुल नगर्न आग्रह गरेको छ । आज एक सुचना जारी गर्दै कोरोना भाइरसको जेखिम कायम नै रहेकाले उच्च सर्तकता अप्नाउन आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जारी गर्नु भएको सुचनामा बन्दाबन्दिलाई व्यवस्थित गर्ने सम्बन्धि सूरक्षा मापदण्ड २०७७ जारी भएको उल्लेख गरिएको छ । उक्त मापदण्डमा उल्लेख भएका व्यवस्थाहरुको उलंघन गरेमा अत्यावसेक सेव ऐन २०२०, मुलुकी अपराध संहिता २०७४ र स्थानीय प्रशासन ऐन २०२८ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने सुचनामा उल्लेख गरिएको छ ।

मापदण्ड अनुसार कोभिड–१९ को संक्रमणको जोखिम कायम नै रहेको हुँदा सवै नागरिकले आफ्नो स्वास्थ्य सम्बन्धि उच्च सर्तकता अप्नाई स्वयम जागरुक भएर मात्र आफ्ना नियमित काम सञ्चालन गर्नु पर्नेछ ।

अत्यावसेक काम बाहेक अन्यन्त्र हिडडुल गर्न पाइने छैन् । आवत जावत गर्दा वा कार्यालयबाट सेवा प्रवाह गर्दा देखी सेवा लिदा सम्म दुई मिटरको दुरी कायम गर्नु पर्ने छ । अनिवार्य रुपमा सवैले मास्क लगाउने, आवश्यकता अनुसार साबुन पानीले हात धुने, स्यानीटाइजरको प्रयोग गर्नु पर्नेछ । आफ्नो निकायबाट सेवा प्रवाह गर्दा सेवाप्रदायक– सेवग्राही, क्रेता–विक्रेता वीचको दुई मिटरको सामाजिक दुरी कायम गराई सम्भव भएसम्म सामाग्रीमा स्यानिटाइज गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

यस्तै बिबाह, बर्तवन्ध, मृत्यु संस्कार, चाडपर्व, पुजापाठ लगाएतका सामाजिक तथा सांस्कृतिक कार्यहरु गर्नु पर्ने अवस्थामा तोकिएको सामाजिक दुरी कायम गरि जमघटमा १५ जना भन्दा बढी आगन्तुक भेला नहुने व्यवस्था मिलाउनु पर्नेछ । साथै अत्यावसेक कामबाहेक राती १० बजे देखी विहान ५ बजे सम्म हिडडुल गर्न पाइने छैन ।
मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरुले चालक सहचालक बाहेक अन्य कुनै पनि यात्रुहरुको ओसार प्रसार गर्न पाइने छैन । उत्पादन मूलक क्रियाकलाप, उद्योग कलकारखाना, भौतिक पूर्वाधार निर्माण जस्ता क्रियाकलाप सञ्चालन गर्दा वा गराउदा एक स्थानमा एक पटकमा १० जना भन्दा बढी व्यक्तिहरु जम्म हुन नपाउने व्यवस्था सम्बन्धित सूचना मार्फत सवैलाई जानकारी गराईएको छ ।
जारी सूचनामा व्यवस्थापक÷निर्माणकर्ता÷उद्योगी÷व्यवसायिले उक्त व्यवस्था मिलाउने र सम्बन्धित कामदार, श्रमिक, कर्मचारीले पनि अनावश्यक भिडभाड गर्न पाइने छैन ।

जेष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी, गर्भवती, दश बर्ष भन्दा कम उमेरका बालबालीका, अशक्तलाई अत्याबसेक तथा स्वास्थ्य प्रयोजनमा बाहेक घरमा नै बस्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासान कार्यालय सिन्धुलीले जारी गरेको सूचनामा जारी भएको मापदणको पूर्ण पालना गरि अफु पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित बनाई दैनिक जीवनलाई सहज बनाउन सम्पुर्ण जिल्ला बासिमा अपिल गरिएको छ ।

Comment here