आर्थिकसहकारी

नयाँ शैलीलमा हातेमालो साना किसान कृषि सहकारीको बजेट बक्तव्य,

सिन्धुली, ५ असार २०७७
हातेमालो साना किसान कृषि सहरकारी संस्था लिमिटेडले आज बजेट बक्तव्य जारी गरेको छ । आर्थिक बर्ष २०७७÷७८ का लागि संस्थाले ८ करोड ७६ लाख ९५ हजार ३८७ रुपैंयाको बजेट बक्तव्य जारी गरेको छ ।

नेपाल सरकार, प्रदेश सरकारको जस्तै शैलीमा सहकारीका अध्यक्ष रामबहादुर विश्वकर्माले सहरकारीको बजेट बक्तव्य जारी गर्नु भएको हो ।
उहाँले साना किसान उद्यमी प्रवद्र्धनका लागि लगानी ८ करोड २० लाख, साना किसान उद्यमी प्रवद्र्धन क्षमता अभिवृद्धि गर्न १० लाख ६४ हजार, साना किसान सामाजिक सामुदायिक कार्यक्रमका लागि ५ लाख ५० हजार, प्रशासनिक खर्च ४० लाख ८१ हजार ३८७ रुपैंया विनियोजन गरेको जानकारी दिनुभयो ।

सहकारीले समुह संख्या १६५ बाट बृद्धि गरि २०० पु¥याउने, सदस्य संख्या ११७८ बाट बृद्धि गरि १५०० पु¥याउने, शेयर रकम ५० लाख बाट बृद्धि गरि १ करोड पु¥याउने, बचत रकम ४५ लाखबाट बृद्धि गरि २ करोड पु¥याउने, व्यवसायको संख्या ९९३ बाट बृद्धि गरि १५४१ पु¥याउने, आन्तरिक श्रोत निर्माण ३ करोड पु¥याउने, ऋण लगानी ८ करोड २० लाख गर्ने लक्ष्य लिएको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

सहकारीले संस्थाको दिर्घकालिन तथा बहुवर्षिय योजना अन्तर्गत ३ वर्षभित्र साना किसान एम्बुलेन्स सेवा, ५ वर्ष भित्र स्वास्थ्य सेवा र ४ वर्ष भित्र यातायात सेवा दिने गरि कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।

यस्तै सहकारीले २ वर्षभित्र तरकारीका लागि कोल्ड रुम स्थापना गर्ने, कृषि ढुवानी सेवा सुरु गर्ने, ३ वर्षभित्र कृषि सूचना बैंक स्थापना गर्ने, ५ वर्षभित्र कृषि संग्रहालय स्थापना गर्ने गरि कार्यक्रम तय गरेको छ ।

बजेट बक्तव्यमा बागमति प्रदेश सभा सदस्य विनोद खड्का, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, वडा नं. १ का वडा अध्यक्ष महेश खतिवडा, पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष विमला पाण्डेले सहकारीका योजना तथा बजेट सार्वजनिक नौलो र पृथक भएको बताएका थिए ।

बजेटले सहकारीका सवै क्षेत्रलाई समेटेकोमा उक्त योजनाहरु सफल कार्यान्वयनको लागि शुभकामना व्यक्त गरेका थिए । सहकारीको क्षेत्रमा हातेमालो साना किसान कृषि सहकारीले साना किसानको जीवन स्तर उकास्न तथा उनीहरुको उत्पादन बजारीकरण गर्न महत्वपुर्ण योगदान गर्दै आएको उनीहरुको भनाई थियो ।

Comment here