समाचार

अनुयायीलाई प्रहरीले मानसिक तथा शारिरिक यातना दिएकोमा दु:ख व्यक्त

सिन्धुली, ५ असार २०७७

बोधि श्रवण धर्म संघ सिन्धुलीले आज पत्रकार सम्मेलन गर्दै महासंवोधी धर्म गुरु रामबहादुर वम्जन आश्रम स्थलमा रहेका अनुयायीहरुलाई प्रहरीले कुटपिट गरेकोमा दुःख व्यक्त गरेको छ ।

प्रहरीको एक टोलीले हिजो छापा मार्ने नाममा आफ्ना अनुयायीहरुलाई शारिरिक, मानसिक यातना दिदै लछार पछार गरि कुटपिट गरेको घटना प्रति दुःख व्यक्त गरेको हो ।

कमलामाई नगरपालिका ८ पैरेमा रहेको बम्जन आश्रममा प्रहरीले अभद्रता प्रदर्शन गरि मानविय मुल्य मान्यताको खिल्लि उडाएकोमा दुःख व्यक्त गर्दै यस्ता कार्यको निन्दा गरेको छ । धर्मसंघ सिन्धुलीका अध्यक्ष सुन्दर घिसिङले प्रहरीले अनुयायिहरुलाई हात माथि ठ्ड्याएर उभिन लगाई नित्यकर्म समेत गर्न नदिई कष्टपूर्ण रुपमा राखेको जानकारी दिनुभयो ।

उहाँले पत्रकार सम्मेलन मार्फत आश्रममा कुकुर परिचालन गरि अनुसन्धान गरेको र खाना पकाउने भाडाहरु फालेको अनुयायीहरुलाई पानीमा चोपाल्ने, कुहिनाले हिड्न लगाउने, मानसिक तथा शारिरिक यातना दिई कुटपिट गरेको बताउनुभयो ।

नेपालको संवैधानिक व्यवस्था अनुसार धार्मिक मार्गमा लाग्न पाउने हक माथिको हस्तक्षप सह्य हुन नसक्ने उहाँको भनाई छ । साथै हिरासतमा लिईएका गुरुहरुलाई अनुसन्धानका क्रममा यान्त्रिक, मनोवैज्ञानिक, भौतिक यातना नहोस र यस तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउदै उहाँले धर्म निरपेक्ष देशको नागरिकको हैसियत, मानव अधिकारको व्यवहारिक अनुभुती हुने व्यवहार गर्न नेपाल सरकारसंग माग गर्नुभयो ।

साथै उहाँले संयमित भई बोधि मार्ग दर्शन मैत्री धर्मको गन्तव्यको बाधाहरु विरुद्धमा आवज बुलन्द गर्न आग्रह गर्नु भएको छ । प्रहरीले तपस्वि धर्मगुरु बम्जन देखा भन्दै दुई जना धर्मगुरु र तीन जना महात्मा गुरुलाई बन्दुकले घोच्ने, हिर्काउने र बुटले निलडाम हुने गरि हिर्काएको धर्मसंघ सिन्धुलीले जनाएको छ ।

Comment here