जीवन सैलीसमाचार

समाजसेवी थापा र पत्रकार गुरुङद्धारा मेडिकल स्वास्थ्य सामाग्रि सहयोग

सिन्धुली, ४ असार २०७७
सामाज सेवामा सक्रिय उज्वल विक्रम थापा र नागरिक खबर डटकमका सम्पादक डण्ड गुरुङले आज मेडिकल स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ । सिन्धुली अस्पताल, प्रहरी कार्यालय, पत्रकार महासंघ लगाएतका निकायमा मेडिकल स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको हो ।

उहाँहरुको सक्रियतामा  सिन्धुली अस्पताल विकास समितीका अध्यक्ष प्रलाद पोख्रेललाई अस्पतालका लागि २० हजार थान सर्जिकल मास्क, २० लिटर स्यानीटाइजर र ५० लिटर क्लोरिन हस्तान्तरण गर्नु भएको छ ।

साथै सिन्धुली अस्पताललाई केहि समय पहिला समाजसेवी थापाकी आमाले दिने भनेको नगद दुई लाखको चेक समेत उहाँले अध्यक्ष पोखरेललाई हस्तान्तरण गर्नु भएको थियो ।

उक्त स्वास्थ्य सामाग्री र दुई लाखको चेक बुझ्दै अस्पताल विकास समितीका अध्यक्ष पोख्रेलले अस्पतालमा उहाँले निरन्तर सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । सवैको साथ सहयोग र सकरात्मक प्रयासले अस्पतालको गुणस्तर सुधार गर्न टेवा पुग्ने भन्दै अस्पताललाई गरेको सहयोग प्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । उहाँको सामाजिक सेवाको यात्राले धेरैले नयाँ जीवन पाएको भन्दै यस संकटका वेला अस्पताललाई मेडिकल स्वास्थ्य सामाग्री उपलब्ध गराउदा अस्पतालका लागि ठुलो राहत भएको बताउनुभयो ।
समाजसेवी थापाले आजै जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई एक हजार थान मास्क, पत्रकार महासघ सिन्धुलीलाइ एक हजार थान मास्क, जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई, एक हजार थान मास्क हस्तान्तरण गर्नु भएको छ ।

कोरोना भाईरसको संक्रमण हुन बाट बच्न अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको अवस्थामा संकटका वेलामा पनि सेवामा खट्ने निकायहरुलाई मास्क लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरिएको समाजसेवी उज्वलविक्रम थापाले बताउनुनुभयो । कोरोना भाइरसको संक्रमणको दर दिन दिनै बढ्दै गएकोमा नागरिकले अनुशासनको पालना गरे र सरकार जनताप्रति उत्तरदायि भए कोरोनाको महामारिसंगको लडाइमा यस्तै उहाँले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली, इलाका प्रहरी कार्यालय भिमान, इलाका प्रहरी कार्यालय खुर्कोट, लगाएतका अन्य चौकीमा गरि २६ हजार थान सर्जिकल मास्क वितरण गरिएको पत्रकार दण्ड गुरुङले जानकारी दिनुभयो ।

Comment here