जीवन सैलीसमाचार

६ हजार ५९१ जना संक्रमित, १ हजार १५८ जना निको भए

सिन्धुली, २ असार २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । पछिल्ले पटक थप ३८० जना संक्रमित भए संगै संक्रमितको संख्या ६ हजार ५९१ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित पत्रकार सम्मेलनमा ४९९ जना महिला र ६०९२ जना पुरुष रहेका जानकारी दिनुभयो ।

यस्तै उहाँका अनुसार निको हुनेको संख्या १ हजार १५८ पुगेको छ । थप ११७ जना निको भएका छन् कोरोना भाइरस ७३ जिल्लामा फैलिएको छ ।

Comment here