राजनीतिसमाचार

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई कांग्रेसले बुझायो ज्ञापन पत्र

सिन्धुली, २ असार २०७७
नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुलीले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कांग्रेसका नेता कार्यकर्तासंगै पुगेका जिल्ला सभापति उज्वल प्रसाद वरालले प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र पठाउनु भएको हो ।

कोरोना भाईरस नियन्त्रण तथा व्यवस्थापनका सवालमा सरकार असफल भएको भन्दै विभिन्न ७ बुदे माग समेटिएको ज्ञापन पत्र प्रधानमिन्त्रलाई कांग्रेसले पठाएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका नाममा अर्वौ अर्व खर्च भएको विवरण सार्वजनिक भएकोमा त्यसको पारदर्शी तथा विस्तृत खर्च विवरण तत्काल सार्वजनिक गर्नु पर्ने, राहत, स्वास्थ्य र सूरक्षा सामाग्रि खरिदका नाममा संघिय, प्रादेशिक र स्थानीय सरकारहरु मार्फत व्यापक अनियमितता र भ्रष्टाचार भएको भन्दै छानविन गर्न पनि माग गरेको छ ।

यस्तै नेपाली कांग्रेसले कोरोना संक्रमितको संख्यामा व्यापक बृद्धि भै रहेको अवस्थामा व्यवस्थित अस्पताल, आइसोलेसन तथा क्वारेन्टाइन बनाई कोरोना जाँचको दरमा व्यापक बृद्धि गर्नुपर्ने, भारत लगाएत तेस्रो मुलुकबाट आएकालाई व्यवस्थित क्वारेन्टाईन तथा आइसोलेसनमा राख्नु पर्ने, कोरोना भाइरसको मौका छोपि मुल्य बृद्धि र कालोबजारी भै रहेको भन्दै तत्काल नियन्त्रणमा लिनु पर्ने, देशभरका स्वास्थ्य संस्थालाई चलाएमान बनाएर स्वास्थ्य सेवा प्रवाह गर्न ध्यानाकर्षण सहतिको ज्ञापन पत्र बुझाएको छ ।

Comment here