जीवन सैलीसमाचार

सिन्धुलीमा अर्का कोरोना संक्रमित अस्पतालमा भर्ना

सिन्धुली, १ आसार २०७७

सिन्धुली अस्पतालमा आज थप एक जना कोरोना संक्रमित व्यक्तिलाई भर्ना गरिएको छ । कमलामाई नगरपालिका १० निवासी १९ बर्षिय पुरुषलाई अस्पतालको आइसोलसन कक्षमा भर्ना गरिएको हो । सिन्धुलीबाट स्वाव संकलन गरि परिक्षण गर्दा कोरोना संक्रमित हुने उहाँ चौथो व्यक्ति हुनुहुन्छ । सिन्धुली अस्पतालका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले कोरोना संक्रमित व्यक्तिको आज पहिचान भएकाले उहाँलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो । उहाँको सम्पर्कमा रहेका व्यक्तिको खोजि गर्ने तथा स्वाव संकलन लगाएतका काम अव हुने उहाँको भनाई रहेको छ । थप संक्रमित व्यक्ति पनि भारतबाट घर आएको उहाँको भनाई रहेको छ ।

यस्तै सिन्धुली अस्पतालमा उपचार गराई रहेका तीन जना आजै डिस्चार्ज नहुने उहाँले जानकारी दिनुभयो । कोरोनाको संक्रमण रहेका र सिन्धुली अस्पतालमा उपचार गराई रहेका तीन जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उहाँको भनाई रहेको छ ।

Comment here