समाचार

सिन्धुलीमा ३६० को स्वाव संकलन ४ जनाको पोजेटिभ

सिन्धुली, १ असार २०७७

सिन्धुली जिल्लामा हाल सम्म ३६० जनाको स्वाव संकलन गरिएको छ । उक्त स्वाव संकलित स्वाव परिक्षण गर्दा ४ जनामा (पोजेटिम)कोरोना संक्रमण भएको रिपोर्ट आएको छ ।

यस्तै सिन्धुली जिल्लामा हाल ९० जना क्वारेन्टाइनमा रहेका छन् । ८२ जना पुरुष र ८ जना महिला क्वारेन्टाइनमा रहेका हुन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेका अनुसार २२५ जना पुरुष, ५८ जना महिला गरि २८३ जना क्वारेन्टाइनबाट फर्किएका छन् ।

जिल्ला अस्पतालमा रहेको आइसोलेसनमा तीन जना रहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा हाल सम्म ३३ वेडको आइसोलेसन वेडको संख्या रहेको र आइसोलेसन वेडबाट १६ जना फिर्ता भएका छन् । हाल सम्म जिल्लामा ८२९ जना पुरुष र ३१७ महिला गरि ११४६ जनाको आरडिटि विधिबाट कोरोना परिक्षण गरिएको छ । जिल्लमा हाल सम्म ४०३ जना भारतबाट आएका छन् ।

जिल्लामा बन्दाबन्दीको समयमा राहत पाउनेको संख्या ३३ हजार २२१ रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here