जीवन सैलीसमाचार

सिन्धुलीमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

सिन्धुली, ३१ जेठ २०७७
सिन्धुलीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ पुगेको छ । आज थप एक जनामा कोरोना संक्रमण भए संगै जिल्लामा कोरोनाको संक्रमण हुने संख्या ५ पुगेको हो ।

सिन्धुलीबाट हिजो पठाइएको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।  कमलामाई नगरपालिका १० का १९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय हेटौडाले जनाएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी लगाएत आवश्यक व्यवस्थापनको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

यस अघि सिन्धुलीबाट स्वाव पठाएकोमा संक्रमण पुष्टि भएका तीन जना सिन्धुली अस्पतालको आइसोलेसना उपचार भै रहेको छ । एक जना भने सिन्धुली घर भई काठमाण्डौमा बसोबास गर्ने एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

Comment here