जीवन सैलीसमाचार

कोरानाबाट १८ जनाको मृत्यु

सिन्धुली, ३१ जेठ २०७७

कोरोना संक्रमित थप दुई जनाको मृत्यु भए संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । पर्सामा जेठ २८ गते मृत भेटिएका एक पुरुष र बाराको निजगढका ५ वर्षीय बालकमा कोरोना भएको पुष्टि भएको हो । बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको जानकारी दिनुभयो । नियमित पत्रकार सम्मेलनमा उहाँले हाल सम्म ९१३ जना कोरोना संक्रमित निको भएका छन् । आज ३६ जना कोरोना मुक्त भएसंगै ९१३ जना निको भइ डिस्चार्ज भएको उहाँले जानकारी दिनुभयो । जसमा ८२२ जना पुरुष र ९१ जना महिला रहेको उहाँको भनाई रहेको छ । कोरोना भाइरस हाल सम्म ७२ वटा जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।

Comment here