सिलाउन सम्म सिलायँ एकथान मुटुलाई
टाल्नसम्म टालेँ दिलका चोटहरु
अहँ न टालेर टालिए
न सिलाएर सिइए
उधृरयो खुस्किरयो
सिउनु उध्रनु टाल्नुमै व्यतित भैरहे
जिवनका अँध्यारा गोरेटाहरु
उनको अनुपस्थितमा
प्रेमको छर्आ र जंगलको हर्आ उस्तै रहेछ
टर्आको टर्ऐ
त्याग र समर्पणमा ढलेको जवानि
नशाहरुमा काँडा भएर बस्ने रैछ
न खोतल्दा आउँछ न निचोर्दा निचोरिन्छ
सम्झे च्वास् च्वास्ती खोच्तोरहेछ
विर्स्यो सम्झना कुरेर बस्ने
कल्पनामा सजाएको संसार
मौलिकतामा अविस्मरणीय स्मरण माय्र
हातभरी चिराग लिएर सल्काउँदापनी
बिना चिता नसल्कने मानसपटल
सायद त्यहिँ सल्किएला जाँहाँ
पार्थिक शरिरको अन्तिम आगो दन्कन्छ
उनको कान आँखा नाक जिब्रो र छाला
सबै जनेन्द्रीयहरु बन्द छन्
कतैबाट सुराकको स भेटिन्न
म सगंभने उनको नामको प्रज्ज्वोलित एउटा दियो
धिपधिप प्रकाश लिएर एक कुनामा
जलिरहेछ सन्ध्यामा तुलसिको मोठ जस्तै
एउटा ग्लानी छ मसंग
अनुहार शरीर ओजन उमेरको हैन शुद्द धनको
मैले आफ्नो प्रेमलाई धन संग तौलिएँ
मैले मेरै शरिरका कपडासंग
मोलमोलाई गरेँ
सच्चा प्रेम बल्नु पर्थ्यो लालिम सुर्य भएर
बाल्न नसक्नु र बाल्न नदिनु
फरक रहेछी
निभ्नु र निभाइनु फरक रहेछ
हरी अधिकारी
कमलामाई नगरपालिका ५ गैयाटार, सिन्धुली
कमलामाई नगरपालिका ५ गैयाटार, सिन्धुली
२०७७ २ २९ गते
Comment here