सिन्धुली, ३० जेठ २०७७
सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बस्दै आएका दुई जनालाई आज बाट घर पठाईएको छ । क्वारेन्टाइनको बसाई र कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएपछि घर पठाईएको हो ।
गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार २१ दिनको क्वारेन्टाइनको नियम पालना गरी पि सि आर रिपोर्ट नेगेटिभ आए पश्चात् दुवै जनालाई आ–आफ्नो घरमा पठाईएको हो ।
२ मध्ये १ जनालाई गाउँपालिकाले रुपन्देहीको कन्चन नगरपालिका हरैया स्थित क्वारेन्टाइन स्थलबाट उद्दार गरि ल्याईएको थियो । उहाँले गाउँपालिका बासी सबैले अझै सावधानी अपनाउन आग्रह गर्नु भएको छ ।
Comment here