जीवन सैलीसमाचार

नियमित औषधि सेवन कर्तालाई असर नपुर्‍याउ : पोख्रेल

सिन्धुली, ३० जेठ २०७७

सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले नियमित औषधि सेवन कर्तालाई असर नपुर्‍याउ आग्रह गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्तो आग्रह गर्नु भएको हो ।

उहाँले नियमित औषधि सेवनकर्ताहरुलाई सामान्य सुरक्षा अपनाएर अस्पतालको पहुँचमा ल्याई नियमित जांच गराउन आग्रह गर्नु भएको छ ।
उहाँले भन्नुभएको छ ‘यहाँ त कोरोनाको त्रासले भन्दा अरु रोगले धेरै मानिसहरुको ज्यान जोखिममा छ, मलाई गाली गर्दै गरौं, कमजोरी औंल्याउं, सरापौं म सहुंला तर तपाईंको घरमा नियमित औषधि सेवन कर्तालाई असर नपुर्‍याउन म विनम्र अनुरोध गर्दछु ।’ हामी सङ्ग पर्‍याप्त औषधि छ र डाक्टरहरु हुनुहुन्छ ।

हाल अस्पतालमा तीन जना कोरोना संक्रमित रहेको र उहाँहरुको अवस्था सामान्य नै रहेको भन्दै तथ्यपरक कुरा गरौं, मिलेर अस्पतालको उन्नति गरौं, यो संकट्पूर्ण घाडीमा सबैले सबैलाई हातेमालो गरी रचनात्मक सुझाव दिन आग्रह गर्नु भएको छ ।

Comment here