जीवन सैलीसमाचार

कोरोना संक्रमितको संख्या पाँचहजार नाग्यो

सिन्धुली, ३० जेठ २०७७

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५ हजार ६२ जना संक्रमित भएका छन् । पछिल्लो पटक थप ४४८ जना संक्रमित भएसंगै संक्रमितको संख्या ५ हजार कटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप सङ्क्रमित हुनेमा ४२४ र महिला २४ रहेको नियमित पत्रकार सम्मलेन मार्फत जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल सम्म निको भइ डिस्चार्ज हुनेको संख्या ८७७ पुगेको छ । आज थप १६ निको भएर डिस्चार्ज भएका छन् ।
यसैविच अर्घाखाँचीको एक क्वारेन्टाइनमा रहेका एक सङ्क्रमित ५७ वर्षको अस्पतालबाट उपचारपछि घर फर्किदै गर्दा मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

Comment here