जीवन सैलीबागमतिसमाचार

स्वास्थ्य संस्थामा हात धुने कर्नर स्थापना

सिन्धुली, ३० जेठ २०७७

विश्व अहिले विगत केहि महिना देखि कोरोना भाइरसको महामारीको चपेटाबाट जुधिरहेको छ । हालसम्म लाखौं मानिसहरु यसबाट संक्रमित भइसकेका छन् भने दुई लाख भन्दा बढिले ज्यान गुमाई सकेका छन् । नेपालमा पनि यसको प्रभाव तिब्र रुपले फैलिरहेको छ । अहिले सम्म नेपालमा ४६०० जना लाई संक्रमण भइसकेको छ भने १५ जनाले कोरोना भाईरसको कारण ज्यान गुमाई सकेका छन् । यसको प्रभावलाई कम गर्ने प्रयास स्वरुप नेपाल सरकारले विगत ११ चैत्र २०७६ देखि हालसम्म देशब्यापि रुपमा लक डाउन गरेको छ ।

सिन्धुलीमा पनि यसको पालना भइरहेको छ भने यसको प्रवाभ बाट बच्नको लागि स्थानिय तह तथा जिल्ला स्थित विभिन्न निकायहरुले विभिन्न किसिमका प्रयासहरु गरिरहेका छन् । यसका लागि क्वारेन्टाइनको निर्माण तथा संचालन, मास्क वितरण तथा खाद्यन्न सामाग्रीहरु वितरण गरिएको छ ।

यसै सन्दर्भमा बिहिबार फिक्कल गाउँपालिका वडा नं ५ स्थित सोल्पाठानामा रहेको स्वास्थ्य संस्थामा खुट्टा बाट चल्ने नयाँ प्रविधियुक्त हात धुने कर्नर स्थापना गरिएको छ । जसमा एउटा प्लास्टिकको ट्याङकी तथा २ वटा धाराका साथै सिन्क पनि जडान गरिएको छ ।
संस्थाले वडामा निरन्तर रुपमा सहयोग गर्दै आइरहेको र यो महामारी विपदको बेलामा पनि सहयोग गरेकोमा खुसि ब्यक्त गर्दै सोल्पाका वडा अध्यक्ष राजु बराल ले भन्नुभयो ‘हात धुने कर्नर बाट यस स्वास्थ्य चौकिमा आउने विरामीहरु लगाएत अन्य मानिसहरु समेत यस बाट लाभान्वित हुनेछन् यसका लागि संस्थालाई धेरै धन्यवाद ब्यक्त गर्दछु ।’

यसका साथै उक्त वडा संस्थाले शिक्षा, बाल संरक्षण, बालमैत्रि स्थानिय शासन, विपद ब्यबस्थापन जस्ता कामहरु निरन्तर रुपमा गर्दै आइरहेको छ ।

त्यस्तैगरि गोलन्जोर गाउँपालिका वडा नं १ मा पनि यस्तै हात धुने ठाउँ निर्माण गरिएको हो । उक्त कर्नर सिड्स नेपाल सिन्धुली र वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालित नेपाल कभर परियोजना अन्तर्गत निर्माण गरिएको हो । “कोरोना भाइरस विशेष गरि हातको माध्यम बाट एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्ने भएकोले यसको प्रसारलाई कम गर्नर्को लागि हातको सट्टामा खुट्टा बाट संचालन हुने हात धुने कर्नर निर्माण गरिएको सिड्स नेपाल सिन्धुलीका तालिम संयोजक उद्धव पौडेलले जानकारी दिनुभयो ।

Comment here