जीवन सैलीशिक्षासमाचार

हेण्डसद्धारा विद्यालयलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग

सिन्धुली, २९ जेठ २०७७
मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीले ्रभात माध्यमिक विद्यालय रानीवासलाई स्वास्थ्य तथा शैक्षिक सामाग्रि सहयोग गरेको छ ।

विद्यालयका प्रधानाध्यापक अरुण थिंग मार्फत १५०० सर्जिकल मास्क, ५०० थान हात धुने सावन, ५०० थान नोट बुक हस्तान्तरण गरिएको हेण्डस नेपालका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले दिनुभयो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस को कारण विद्यालय जान नसकेका विद्यार्थीहरुलाई वैकल्पिक व्यवस्थाबाट शिक्षण क्रियाकलाप संचालन गर्न तथा सिकाई प्रक्रियालाई निरन्तरता दिन सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग गरेको उहाँको भनाई रहेको छ ।

देश व्यापी बन्दा बन्दीको कारण लामो समय सम्म विद्यालयको शैक्षिक क्रियाकलाप संचालन नहुँदा विद्यार्थीमा परेको मनोवैज्ञानीक असर कम गर्न प्रभात माध्यमिक विद्यालय रानीवासले विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिसकेको छ भने परियोजना कार्य मार्फत विद्यार्थीको सिकाई गतिविधिलाई संचालन गर्ने योजना बनाएको छ ।

विद्यार्थीलाई कोरोनाको समयमा घरमै वसी परियोजना कार्य संचालन गर्न, सचेतना अभिवृद्धिमा सहयोग गर्ने, हात धुने आनिवानि लाई निरन्तरता दिन सरसफाइ तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको हेण्ड्स नेपालका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिनुभयो ।

Comment here