बागमतिशिक्षासमाचार

विद्यालयले आसर १ गते बाट शैक्षित गतिविधि सञ्चालन गर्नु पर्ने

सिन्धुली, २९ जेठ २०७७

सिन्धुलीको कमलामाई नगरपालिका भित्र रहेका विद्यालयहरुमा शैक्षिक गतिविधिहरु सञ्चालन हुने भएको छ । अव कमलामाई नगरपालिका अन्र्तगतका विद्यालयहरुले असार १ गते बाट आफु अनुकुल सिकाइ सहजीकरणका बैकल्पिक उपायहरु अप्नाई शैक्षिक गतिविधि सञ्चालन गर्नु पर्ने हुनेछ ।

विद्यार्थी सिकाईलाई सहजीकरण गर्नका लागि कार्ययोजना तयार गर्ने र विद्यार्थी सिकाइलाई जोड्न कमलामाई नगरपालिकाले सवै विद्यालयलाई एक सूचना जारी गर्दै जानकारी गराएको छ । पाठ्यपुस्तक वितरण गर्न बाँकी रहेका विद्यालयले भौतिक दुरी कायम गरि पाठ्यपुस्तक वितरण गर्नु पर्ने, अभिभावक वालबालिकाको अवस्था पहिचान गरि स्वअध्ययनमा सघाउनु पर्ने छ ।

साथै तत्कालिन अवस्थामा विद्यालय खोलेर नियमित पठन–पाठन कार्य अगाडि बढाउन सकिने अवस्था नरहेको भन्दै केही विद्यालयले अनलाईन कक्षा, होमवर्क प्याकेज लगाएतका शैक्षिक योजना बनाई बैकल्पिक उपाय अवलम्मन गरि रहेको नगरापलिकाले निकालेको जानकारीमा उल्लेख गरिएको छ ।

यस अवस्थामा प्रधानाध्यापकहरुले आफ्ना विद्यालयहरुका शिक्षकसंग सम्पर्क र समन्वय गरि होमवर्क प्याकेज तयार गरी कक्षागत रुपमा पालैपालो विलर्थीलाई विद्यालयमा वोलाएर होमवर्क दिनु पर्ने नगर शिक्षा अधिकारी शंकरराज लुईटेलले जानकारी दिनुभयो । यदि विद्यार्थी बोलाउन नसकिने अवस्था भएमा विद्यार्थीलाई पाएक पर्ने स्थान वा घरघरमा गएर १५ दिनको लागि होमवर्क प्याकेज वितरण गर्नु पर्ने उहाँको भनाई रहेको छ ।

विद्यालयले होमवर्क प्याकेज दिदा वालविकास देखी कक्षा ३ सम्म पठन कार्य बढी र लेखन कार्य कम, कक्षा ४ देखी कक्षा १० सम्मका विद्यार्थीका लागि लेखन कार्य तथा परियोजनाकार्य बढी दिनेगरी होमवर्क प्याकेज दिईनपर्ने उहाँको भनाई रहेको छ ।

Comment here