बागमतिसमाचार

एपोलोमा २५ वटा वेडको आइसोलेस बनाइने

सिन्धुली, २९ जेठ २०७७

सिन्धुलीमा कोरोना संक्रमितको उपचार गर्न थप २५ वेडको आइसोलेसन बनाईने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

हाल जिल्लामा हाइसोलेसन वेडको संख्या ३३ मात्रै रहेको छ । संक्रमणको दर बढ्दै गएकाले आइसोलेसन वेडको संख्या कम हुन सक्ने भन्दै आइसोलेसन वेडको संख्या थप गर्ने निर्णय भएको हो ।

बैठकको निर्णय अनुसार कमलामाई नगरपालिका ६ राममाढीमा रहेको एपोलो अस्पतालमा २५ वेडको आइसोलेसन बनाईने भएको हो । साथै बैठकले सवै स्थानीय तहमा कोभिड–१९ परीक्षणको लागि स्वाव संकलन गर्न सिन्धुली अस्पताल र स्वास्थ्य कार्यालय सिन्धुलीले तत्काल तालिम कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

Comment here