बागमतिसमाचार

शव व्यवस्थापनका लागि कमलामाईमा उपयुक्त स्थान खोजिदै

सिन्धुली, २९ जेठ २०७७

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको मृत्यु भएमा कमलामाई नगरपालिकामा नै शव व्यवस्थापन गरिने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना संक्रमित कुनै पनि व्यक्तिको यस जिल्लामा मृत्यु भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शव व्यवस्थापन सम्बन्धि प्रोटोकल २०७७ अनुसार शव व्यवस्थापन गरिने भएको छ ।

स्थानीय प्रशासनको समन्वयमा नेपाली सेना, नेपाल रेडक्रस सोसाइटि सिन्धुली शाखा, सिन्धुली अस्पताल र स्वास्थ्य कार्यालयसंगको समन्वयमा शव व्यवस्थापन गर्ने निर्णय भएको छ । जसका लागि शव व्यवस्थापन गर्न हाललाई कमलामाई नगरपालिका भित्र रहेको उपयुक्त स्थानको तत्काल खोजि गरिने भएको छ ।

साथै शव व्यवस्थापनका लागि व्यक्तिगत सुरक्षा सामाग्रि र व्याग आवश्यक पर्ने भएकाले सो सामाग्रि जिल्ला समन्वय समितिमा खोलिएको कोभिड १९ खातामा जम्मा भएको रकमबाट खरिद गरिने भएको छ ।

Comment here