बागमतिसमाचार

सिन्धुली आउनेलाई होल्डिङ सेन्टरमा राखिने

सिन्धुली, २९ जेठ २०७७

सिन्धुलीमा विदेशबाट आउनेलाई होल्डिङ सेन्टरमा राखिने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणको कारण उत्पन्न सहज परिस्थितीमा स्वदेश आउने यस जिल्लाका नागरिकलाई होल्डिङ सेन्टरमा राख्निे छ । बैठकको निर्णय अनुसार कमलामाई नगरपालिका ९ भिमानमा रहेको आजाद स्मृति भवन र नया निर्माण

गरिएको वन कार्यालयको भवनलाई होल्डिङ सेन्टर बनाईने भएको छ ।
भारत बाहेक अन्य मुलुकबाट काठमाण्डौ हुदै जिल्लामा आउने नागरिकलाई सुनकोशी गाउँपालिकाको प्रगतिशिल माध्यमिक विद्यालय रातमाटालाई पनि होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको छ ।

Comment here