समाचार

सिन्धुलीमा सवारी दुर्घटनामा दुईको मृत्यु

सिन्धुली, २७ जेठ २०७७

सिन्धुलीमा हिजो भएको छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते हुनु भएको छ ।
आफ्नै गाडीले किच्दा घ्याङलेख गाउँपालिका १ अमलेका अन्दाजी २५ बर्षिय बलराम बम्जनको ज्यान गएको हो । खाधान्न लिएर जादै गरेको ना २ च ९३६६ न.को बलेरो उकालोमा ओट राख्ने क्रममा ब्रेक नलाग्दा बम्जन भाइते भएका थिए ।

यस्तै हरिहरपुरगढी गाउँपालिका ५ गाग्रेढुङा स्थित मदन भण्डारी राजमार्गमा मिक्चर ट्रकले मोटरसाईललाई ठक्कर दिदा मोटरसाइकलमा सवार हरीहरपुरगढि गाउँपालिका ३ बनौलीका ६० बर्षिय सन्तराम राइको मृत्यु भएको हो ।

हरिहरपुरगढी गाउपालिका ५ गाग्रेढुङा स्थित मदन भण्डारी राजमार्गमा भलखडाबाट कपिलाकोट तर्फ आउदै गरेको ना.१.क ९८०५ न.को मिक्चर ट्रकले बिपरित दिसाबाट आउदै गरेको प्रदेश ३–०२–०१० प २३७२ न.को मो.सा.लाई ठक्कर दिंएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते बम्जन र राईको उपचारका लागि सिन्धुली अस्पताल ल्याएकोमा डाक्टरले मृत्यु भएको घोषणा गरेका हुन् ।

घाइते मोटरसाईल चालक बनौलीका अन्दाजि ३० बर्षिय बिकाश बिश्वकर्माको टाउको र खुट्टामा चोट अबस्था गंम्भिर भएको र थप उपचारको लागी बजे धुलिखेल अस्पताल रिफर भएकोमा हालः राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here