जीवन सैलीसमाचार

कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो

सिन्धुली, २७ जेठ २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९ ) बाट संक्रमित हुनेको संख्या चार हजार नाघेको छ । आज सम्म भाइरसबाट चार हजार ८५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो पटक थप ३२३ सङ्क्रमित भएको जानकारी दिनुभयो । नियमित पत्रकार सम्मेलनमा उहाँले थप ९६ जना डिस्चार्ज भएको र निको हुनेको संख्या ५८४ पुगेको उहाँले जानकारी दिनुभयो ।
हल सम्म कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनाको मृत्यु भएको छ भने कोरोना भाइरस फैलिएको जिल्लाको संख्या ७२ पनि पुगेको उहाँले जानकारी दिनुभयो ।

Comment here