समाचार

कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

भरतपुर, २७ जेठ २०७७

नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट भरतपुर अस्पतालमा उपचार गराइरहनु भएकाका एक व्यक्तिकाे आज मृत्यु भएको छ ।

भरतपुर अस्पतालको आइसीयुमा उपचार गराइरहुनभएका भरतपुरका एक ज्येष्ठ नागरिककाे मृत्यु भएको भरतपुर अस्पताल प्रवक्ता लीलाधर पौडेलले जानकारी दिनुभयो ।

उहाँको सोमबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहनुभएका ती बिरामीलाइ कोरोना सक्रमण भएपछि भरतपुर अस्पताल सारिएको हो । लामो समयदेखि मुटुका बिरामी उहाँकाे निमोनियाको लक्षण देखिएपछि सोमबार कोरोना परीक्षण गरिएको नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक डा. भक्तमान श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनाबाट बिरामीको मृत्यु भएसँगै चितवनमा थप सुरक्षा सर्तकता अपनाइएको छ । मृतकका परिवार र उहाँले भेट्नुभएका मानिसको सम्भाव्य ट्रेसिङ गर्ने काम र उनीहरूको स्वास्थ्य परीक्षण गर्ने काम शुरु भइसकेको अस्पतालले बताएकाे छ ।

सोमबार मात्रै चितवनको कोभिड- १९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएकामध्ये ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसरी कोरोना पुष्टि हुनेमध्येमा २३ जना चितवनका हुन् । स्रोत :गोरखापत्र अनलाइन

Comment here