बागमतिसमाचार

गुनासो बढेपछि प्रशासनद्धारा सिन्धुलीमा बजार अनुगमन

सिन्धुली, २६ जेठ २०७७

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज सिन्धुलीमाढीमा रहेका केही खाद्य पसलहरुको अनुगमन गरेको छ । बन्दाबन्दिको समयमा मुल्य बृद्धि भएको गुनासो बढेपछि प्रशासनले अनुगमन गरेको हो ।

बन्दाबन्किो समयमा मौका छोपि व्यवसायिले मुल्य बृद्धि गरेको लगाएतका गुनासो बढेपछि आज सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिग्देलको नेतृत्वमा केही पसलको अनुगमन गरिएको थियो अनुगमनका क्रममा  उपभोग्य मिति सकिएको तर विक्रिका लागि राखिएका १२ बोरा बोडी, एक कार्टुन रियल जुस, एक कार्टुन लिची जुस, एक कार्टुन कुरकुरे, एक कार्टुन चाउचाउ, एक कार्टुन बिस्कुट बरामद गरि नष्ट गरिएको जिल्ला प्रशासन कायाृल्य सिन्धुलीका प्रशासकीय अधिकृत भिम बस्नेतले जानकारी दिनुभयो ।

Comment here