जीवन सैलीसमाचार

३७६२ जना संक्रमित, ४८८ जना निको भए

सिन्धुली, २६ जेठ २०७७

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन हजार ७६२ पुगेको छ । पछिल्लो पटक थप ३१४ सङ्क्रमित भएसंगै सङ्क्रमितको कुल सङ्ख्या ३७६२ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २९४ जना पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा संक्रमितको संख्या थप कोरोना भएको हो । त्यसैगरी, थप २१ जना डिस्चार्ज हुनुभएको छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ४८८ पुगेको छ । त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

 

Comment here