उदयपुर, १५ जेठ २०७७
सगरमाथा सामुदायिक वनमा मृग मारेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ५ जुटपानीमन २८ वर्षीय बिरेन तामाङ र ३६ वर्षीय राज कुमार तामाङ रहेका छन् ।
उनीहरुले जंगलमा मृगमारी घरमा ल्याएको सूचनाका आधारमा, गएको प्रहरी सहितको एक टोलीले मृगको मासु सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई वन ऐन अन्तर्गत कानूनी कारबाही गरिने बताईएको छ ।
Comment here