प्रदेश १समाचार

थप तीन नयाँ संक्रमित भेटिए

उदयपुर, २५ जेठ २०७७

उदयपुरमा फेरी थप तीन जना नयाँ संक्रमित भेटिएका छन् ।संक्रमित मध्ये दुई जना श्रीमान श्रीमती हुनुहुन्छ । संक्रमित हुनेमा बेलका नगरपालिकामा ३४ र ३६ वर्षीय दुईजना र चौदण्डीगढी नगरपालिका वडा नं ५ सिवाहीमा ३२ वर्षीय रहनु भएको छ ।

स्वास्थ्य कार्यालय, उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार पाँच दिनअघि स्वाब सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएकोमा आज संक्रमण भएको पुष्टि भएको हो । उहाँका अनुसार सङ्क्रमित तीनै जना छिमेकी मुलुक भारतबाट घर आएका थिए ।
सङ्क्रमित तीनै जनालाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । योसँंगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ३६ पुगेको छ भने उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या ३२ पुगेको छ ।

Comment here