समाचार

सरकारले वन ऐनले दिएको अधिकारमाथि ठाडो हस्तक्षप गर्‍यो : श्रेष्ठ

सिन्धुली, २४ जेठ २०७७

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठले वन ऐनले दिएको अधिकारमाथि सरकारले ठाडो हस्तक्षेप गरेको बताउनु भएको छ । आज सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै उहाँले सामुदायिक वन मार्फत करोडौ नेपाली जनताको वन ऐनले दिएको सार्वभौम अधिकार माथि सरकारले ठाडो हस्तक्षेप गरेको बताउनु भएको हो ।

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ‘मन्त्रिपरिषदको निर्णय अनुसार देशका विभिन्न वन क्षेत्र लगाएतमा रुख कटान संकलन ढुवानी तथा ओसार प्रसार गर्ने कार्य वन क्षेत्रको दुरुपयोग हुनेगरि अनियमित रुपले तिव्र गतिमा अई रहेको बुझिना आएको हुँदा सम्पुर्ण वन क्षेत्रमा साल लगाएतका विभिन्न रुखहरु कटान गर्ने, संकलन गर्ने, ढुवानी र ओसार प्रसार गर्ने कार्य तत्काल रोक्न र कटान भएका साल लगाएतका विभिन्न रुख, गोलिया जहाँ जून अवस्थामा छन् सोही अवस्थामा सुरक्षित राख्ने कार्य गर्न भनि पत्र आएको छ र यसमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

यस निर्णयले जनताले प्राप्त गर्ने अत्यावसेक सेवामा समेत अघोषित प्रतिबन्ध लगाएको महसुस भएको समेत उहाँले बताउनुभयो । सरकारको निर्णयले प्राकृतिक प्रकोपले जनताको घर गोठ भत्काएर आक्रान्त पारेको र सामाुदायिक वनहरुमा प्राकृतिक प्रकोप पर्दा तथा मानिसको मृत्यु हुँदा अन्तिम संस्कार गर्नको लागि घाटमा दाउरा नभएको उहाँले बताउनुभयो ।

जहाँ जुन स्थानमा अनियमितता भएको छ उक्त स्थानमा छानविन गरि दोषीलाई आवश्यक कारवाही प्रकृया अगाडी वढाउन र कटान संकलन, ढुवानी तथा ओसार प्रसार गर्ने कार्य तत्काल सूचारु गर्न नेपाल सरकार समक्ष उहाँको आग्रह रहेको छ । साथै पत्रकार सम्मेलन मार्फत उहाँले नेपालको वनलाई दिगो वन व्यवस्थापनको माध्यमबाट वन संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Comment here