समाचार

कमलामाईका सवै सुत्केरीलाई घिउ वितरण गर्छौ : उपमेयर देवकोटा

सिन्धुली, २४ जेठ २०७७

कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले नगर क्षेत्र भित्रका सवै सुत्केरीलाई घिउ वितरण गरिने बताउनु भएको छ । बन्दाबन्दिको समयमा सुत्केरीलाई राहत स्वरुप घिउ वितरण गरिएको बताउनु भएको छ ।

हाल सम्म वडा नंं ८, ९, १०, १३, १४ मा रहेका ५२ जना सुत्केरी महिलालाई घिउ वितरण गरिएको उहाँले जानकारी दिनुभयो । अव बाकि अन्य वडामा पनि चाडै घिउ वितरण गरिने उहाँको भनाई छ । उहाँका अनुसार न. ८ मा १८ जना, वडा न. ९ मा १२ जना, वडा न. १० मा ६ जना, वडा न. १३ मा ३ जना र वडा न. १४ मा १३ जना गरि ५२ जना सुत्केरी महिलालाई घिउ वितरण गरिएको हो ।

विश्व नै अहिले लकडाउनको स्थितिमा भएकाले सुत्केरी महिलाहरुलाई राहत मिलोस भन्ने हेतुले कमलामाई नगरपालिकाको विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठकले पहिलो चरणमा चैत्र ११ गते देखि हालसम्म सुत्केरी भएका महिलाहरुको लागि १÷१ के जि घिउ वितरण गर्ने गरेको निर्णय अनुसार नगरपालिकाले घिउ वितरण सुरु गरेको हो ।

Comment here