जीवन सैलीसमाचार

कोरोना संक्रमित थप दुईको अवस्था सामान्य

सिन्धुली, २३ जेठ २०७७
सिन्धुलीमा आज कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका दुई पुरुषलाई आइसोलसन कक्षमा ल्याईएको छ । संक्रमित दुवै पुरुषको उपचारका लािग सिन्धुली अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गर्न थालिएको सिन्धुली अस्पतालले जनाएको छ ।

सिन्धुली अस्पतालका अनुसार आज संक्रमित दुवै व्यक्तिको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । यस अवस्थामा कोरोना संक्रमित, उपचारमा संलग्न स्वास्थ्यकर्मी दुवैको मनोवल उच्च पार्ने कार्य गर्न अस्पतालले आग्रह गरेको छ । उच्च मनोवल र नियमित स्वास्थ्यकर्मीको परामर्श तथा उपचार विधिबाट कोरोनाबाट मुक्त हुने अस्पतालले जनाएको छ ।

सिन्धुलीमा आज तीनपाटन गाउँपालिका ३ का २५ बषिय पुरुष र कमलामाई नगरपालिका ११ का १७ बर्षिय पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो ।

Comment here