समाचार

विपदमा हेण्ड्स नेपाल सिन्धुलीको सहयोग

सिन्धुली, २३ जेठ २०७७

मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीेले क्यारेन्टीइनको लागि आवश्यक व्यवस्थापन सामाग्री सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण समस्यामा परेको समुदायको लागि अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
दुधौली नगरपालिकामा क्यारेन्टाइन व्यवस्थापनको लागि ४० थान हस्पीटल बेड कभर सहित, ४० थान सिरानी र ४० थान सिरानीको खोल दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत लाई हस्तान्तरण गरेको छ ।

यस्तै दुधौली नगरपालिका वडा नं १० कुर्थामा रहेको कमलाखोज बालगृहको टिफा जापान सदस्य नाकाजोनोको सहयोगमा दुई लाख बिस हजार दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत मार्फत नगद रकम हस्तान्तरण गरिको जानकारी मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।

विपदको समयमा विभिन्न समस्याबाट ग्रसित बालबालिकाका लागि उक्त सामाग्रीले व्यवस्थापन लगायतका काममा सहयोग पुगेको उक्त नगद रकम मार्फत बालबालिकाले खाना, लत्ता कपडा, शैक्षिक सामाग्री समेत खरिदका आवश्यक सहयोग हुने हेण्ड्स नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारीले बताउनुभयो । उक्त बालगृहमा १० जना अनाथ बालबालिका बस्दै आएका छन् ।

हेण्ड्स नेपाल सिन्धुलीले यो विश्वव्यापी माहामारीको रुपमा फैलिएको माहामारीबाट जोगिनको लागि समुदायमा सामाजिक दुरी कायम गर्ने लगायतका काममा जनचेतना अभिवृद्धिको कार्य समेत गरिरहेको छ । सो कार्यकालागि संस्थाको सम्पूर्ण जनशक्ति दैनिक रुपमा खटिरहेको समते उहाँँले बताउनुभयो । सिन्धुली जिल्लामा विस्तारै फैलिरहेको कोभिड १९ को नियन्त्रण, रोकथाम र उपचारको लागि उक्त संस्थाले गरेको सहयोग प्रति दुधौली नगरपालिका प्रमुख र कमलाखोज बालगृहका अध्यक्ष ब्रम्मदेव कुमले संस्थाले पुरा गरेको सामाजिक दायित्व प्रति आभार प्रकट गर्नु भयो । साथै यस लगतैै थप रकम संकलन गरेर सिन्धुली जिल्लाका अन्य स्थानीय तह मार्फत सहयोग गने योजना बनाइरहेको उक्त संस्थाले जनाएको छ ।

हेण्डस नेपालले यस अघि पनि जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत ५ केजी सानिटाइजर फ्रन्ट लाइनमा काम गर्ने नेपाल प्रहरी, शसस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा राष्टसेवकको लागि केही दिन अगाडी जिल्ला प्रशासनलाई हस्तान्तरण गरेको थियो ।

Comment here