जीवन सैलीसमाचार

सिन्धुलीमा कोरोना संक्रमित पुरुषको अवस्था सामान्य

सिन्धुली, २२ जेठ २०७७
सिन्धुलीमा कोरोनाको संक्रमण भएका एक २३ बर्षिय पुरुषको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । उहाँलाई सिन्धुली अस्पतालमा उपचारको लागि राखिएको छ ।

सिन्धुली अस्पतालका अनुसार कमलामाई नगरपालिका १४ निवासि उक्त पुरुष क्वारेन्टाइनमा बस्दै आएकोमा प्रादेसिशक अस्पताल हेटौडामा स्वाव परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उपचारको लागि उहाँलाई आजै सिन्धुली अस्पतालमा ल्याईएको हो ।

अस्पतालले यस अवस्थामा कोरोना भाइरस विरुद्ध लडि रहेका संक्रमित, र उपचारमा संलग्न स्वास्थ्यकर्मी संगै संक्रमितको  मनोवल उच्च पार्न संक्रमितको परिवारलाई सहयोग र माया गर्न सवैमा आग्रह गरेको छ ।

Comment here