बागमतिसमाचार

सिन्धुलीमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि

सिन्धुली, २२ जेठ २०७७
सिन्धुलीमा एक पुरुषमा कोरोना भईरस संक्रमण भएको पुष्टि भएको छ । प्रादेशिक अस्पताल हेटौडामा स्वाव संकलन गरि परिक्षण गर्न पठाएकोमा एक जनामा कोरोना पोजेटिभ देखाएको हो ।

सामाजिक विकास मन्त्रालयले सिन्धुलीबाट प्राप्त ६९ स्वाव नमुना मध्ये एक जनामा पोजेटिभ आएको पुष्टि गरेको छ । अरु ६८ जनाको नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यहाँको कमलामाई नगरपालिका १४ का एक २३ बर्षिय पुरुषमा कोरोना भाईरसको संक्रमण भएको छ । स्वाव संकलन गरि पिसिआर विधिबाट परिक्षण गर्न प्रादेसिक अस्पताल हेटौडाम पठाएकोमा कोरोनाको संक्रमण भएको पाईएको हो ।

कमलामाई नगरपालिका १४ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका पुरुषमा कोरोना संक्रमण भएको जिल्ला स्वास्थय कार्यालय सिन्धुलीका प्रमुख जिन्तेन्द्र शाहाले बताउनुभयो । संक्रमित पुरुषलाई सिन्धुली अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने बताईएको छ । संक्रमित व्यक्ति भारतबाट आई चन्दनपुर माविको क्वारेन्टाईनमा बस्दै आएका थिए ।

मन्त्रालयका अनुसार प्रदेश प्रमोगशामा १५१ स्वाव मध्ये ९ वटामा पोजेटिभ देखिएको छ । सिन्धुली, १, रौतहटमा १ र बारामा ७ जनामा थप कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

Comment here