जीवन सैली

आइपासद्धारा स्वास्थ्य चौकीलाई पनि मेडिकल स्वास्थ्य सामाग्रि सहयोग

सिन्धुली, २१ जेठ २०७७
डिएफआइडिको आर्थिक सहयोगमा आइपास नेपालले मरिण गाउँपालिका सहित दुई स्वास्थ्य संस्थालाई मेडिकल स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । मरिण गाउँपालिका, कपिलाकोट प्राथामिक स्वास्थ्य केन्द्र  र महादेवस्थान स्वास्थ्य चौकीलाई मेडिकल स्वास्थ्य सामाग्रि सहयोग गरेको हो ।

पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण बढी रहेको अवस्थामा आइपासले जिल्लामा कोरोनाको संक्रमण हुन नदिन कोरोना संक्रमितको उपचार गर्न आवश्यक पर्ने मेडिकल स्वास्थ्य सामाग्रि सहयोग गरेको हो । आइपास नेपालका कार्यक्रम एवं अनुसन्धान अधिकृत अमुल श्रेष्ठका अनुसार स्वास्थ्य चौकीलाई सर्जिकल ग्लोप्स १५० थान, स्यानिटाइजर २२० वोतल, ११ थान पिपिइ सेट, डिस्प–ग्लोप्स ४०० थान, कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने चस्मा १२ वटा, सर्जिकल माक्स ७०० पिस, केएन ९५ मास्क ८० पिस, एप्रोन ३५ पिस, बुट १४ थान उपलब्ध गराईएको छ ।

स्वास्थ्य संस्थामा कोरोना भाईरस संक्रमितको उपचारमा आवश्यक पर्ने सुरक्षा सामाग्रिको सहयोगले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको मनोवल उच्च बनाएको छ । आइपास नेपालले यस अघि जिल्ला स्वास्थ्य कार्यालय सिन्धुली र सिन्धुली अस्पतालमा कोरोना भाइरसको संक्रमण हुन बाट बचाउने १० प्रकारका मेडिकल स्वास्थ्य सामाग्रि सहयोग गरेको थियो ।

आइपासले आफ्नो सायना प्रेस कार्यक्रम सञ्चालन भै रहेको कमलामाई नगरपालिकाका अन्र्तगतको भिमान स्वास्थ्य चौकी, रानीचुरी स्वास्थ्य चौकी, संस्थागत क्लिनिक, शिद्धेश्वर स्वास्थ्य चौकी, भद्रकाली स्वास्थ्य चौकीलाई पनि आवश्यक पर्ने मेडिकल स्वास्थ्य सामाग्रि उपलब्ध गराउने बताएको छ ।

आईपास नेपालले जिल्लाको कमलामाई नगरपालिका र मरिण गाउँपालिकामा परिवार नियोजनका लागि अस्थायी साधन तीन महिने सुई, सायना प्रेस लगाउने कार्यक्रम सञ्चालन गर्दै आई रहेको छ ।

Comment here