समाचार

कोरोना भाइरस संक्रमितको सङ्ख्या २३ सय

काठमाडौँ, २१ जेठ ÷नेपालमा कोरोना भाइरस (कोभिड –१९)  को संक्रमितको संख्या २३ सय पुगेको छ । पछिल्लो पटक २०१ जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएसंगै २३ संक्रमितको संख्या २३ सय पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हाल सम्म २१३० पुरुष र १७० जना महिला सङ्क्रमित रहेको जानकारी दिनुभयो । उहाँले हाल सम्म २२२ जना पुरूष र ५६ जना महिला निको भएको जानकारी समेत दिनुभयो ।

Comment here