समाचार

कोरोनाका कारण मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ, २१ जेठ २०७७

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । बुधबार निधन भएका एक व्यक्तिमा आज कोरोना रहेको पुष्टि भएसंगै मृतकको संख्या नौ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् । केही समय पहिले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको  र उपचारका क्रममा उहाँको शल्यक्रियासमेत गरिएको थियो । आईसीयूमा उपचार भएकोमा बुधबार ति व्यक्तिको निधन भएको देवकोटाले जानकारी दिनुभयो ।

Comment here