समाचार

आइपास नेपालद्धारा स्वास्थ्य सामाग्री सहयोग

सिन्धुली, १९ जेठ २०७७

डिएफआइडि को आर्थिक सहयोगमा आइपास नेपालले कार्यक्रम लागु भएका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुकालागि मेडिकल स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । कोरोना भाईरस (कोभिड–१९)को संक्रमणको जोखिममा स्वास्थ्यकर्मीहरु  रहने भन्दै स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रि सहयोग गरेको हो ।

स्थानीय तह, स्वास्थ्य संस्था, अस्पताल र स्वास्थ्य कार्यालयका लागि आश्यक स्वास्थ्य सामाग्रि सहयोग गरेको आइपास नेपालले जनाएको छ । उक्त सामाग्रीको प्रयोगबाट तोकिएका स्वास्थ्य संस्था र अस्पतालबाट सुरक्षित सेवा प्रवाह गर्न सहजा होस भन्ने उद्धेश्यले स्वास्थ्य सामाग्रि उपलब्ध गराइएएको आइपास नेपालका कार्यक्रम एवं अनुसन्धान अधिकृत अमुल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्जिकल ग्लोप्स ८०० जोडी, स्यानिटाइजर ८६० बोतल, पिपिइ सेट ७०, डिस्प–पन्जा १९०० जोडी, चस्मा ६५ वटा, सर्जिकल मास्क ३००० पिस, केएन ९५ 340 पिस, एर्पोन २१५ वटा र १४ जोर बूट उपलब्ध गरिएको छ ।

उहाँका अनुसार उक्त सामाग्रि सायना प्रेस कार्यक्रम सञ्चालन भै रहेको कमलामाई नगरपालिकाका भिमान स्वास्थ्य चौकी,रानीचुरी स्वास्थ्य चौकी, संस्थागत क्लिनिक, शिद्धेश्वर स्वास्थ्य चौकी, भद्रकाली स्वास्थ्य चौकी, मरिण गाउँपालिकाको कपिलाकोट प्राथामिक स्वास्थ्य केन्द्र, महादेवस्थान स्वास्थ्य चौकी र सिन्धुली अस्पताल, स्वास्थ्य कार्यालय सिन्धुलीलाई प्रदान गरिने छ ।

कोरोना भाइरसले विश्वलाई नै त्रसित बनाई रहेको अवस्थामा कोरोना भाईरस संक्रमितको उपचारमा आवश्यक स्वास्थ्य सामाग्रि उपलब्ध गराइएको आइपास नेपालका कार्यक्रम एवं अनुसन्धान अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

आईपास नेपालले जिल्लाको कमलामाई नगरपालिका र मरिण गाउँपालिकामा परिवार नियोजनका लागि अस्थायी साधन तीन महिने सुई लगाउने कार्यक्रम सञ्चालन गर्दै आई रहेको छ ।

यसैविच आइपास नेपालद्धारा आइतबार सिन्धुली अस्पताललाई कोरोना सम्बन्धि स्वास्थ्य सामाग्रि हस्तान्तरण गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले जानकारी दिए । अस्पताललाई कोरोना भाइरस विरुद्ध लड्न आवश्यक पर्ने ३० थान पिपिइ सेट, मास्क ८० थान लगाएतका आठ प्रकारका स्वास्थ्य सामाग्रि सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

कोरोनाको महामारिका बेला यस्ता सहयोगले स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीको मनोवल उच्च बनाएको उनले बताए । सवैको साथ सहयोगले कोरोना भाइरस विरुद्धको लडाइमा जित्न सकिने उनले बताए । कोरोना भाइरसबाट त्रसिन नभई सावधानी अप्नाउन उहाँले आग्रह गर्नुभयो ।

Comment here