समाचार

हावाहुरी पीडितलाई पाँच हजार सहयोग

सिन्धुली, २१ जेठ २०७७
घ्याङलेख गाउँपालिका ले हावाहुरीले घरको छानो उडाएको परिवारलाई आर्थिक सहयोग गरेको छ । हावाहुरीका कारण घरको छानो उडाए पछि गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।

गत जेठ १४ गते वेलुका आएको हावाहुरीले गाउँपालिका ५ निवासि बुद्धिबहादुर कामीको घरको छानो उडाएको थियो । उहाँलाई गाउँपालिकाको तर्फबाट पाँच हजारको चेक प्रदान गरिएको गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले जानकारी दिनुभयो ।

Comment here