समाचार

घरमा लागेको आगो निभाउने क्रममा एक जना जलेर घाइते

सिन्धुली, २० जेठ २०७७

यहाँको गोलन्जोर गाउँपालिका १ च्याकुटारमा घरमा लागेको आगो निभाउने क्रममा एक जना जलेर घाइते हुनु भएको छ । आफ्नै घरमा लागेको आगो निभाउने क्रममा ७२ बर्षिय देवीबहादुर श्रेष्ठ घाइते हुनु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आगो निभाउने क्रममा देवीबहादुरको बाया हात, बाया खुट्टा र टाउकोमा जलेको अबस्था मध्यम उपचारको लागी खुर्कोट तर्फ पठाईएको छ ।

आज साँझ खोले पकाउने क्रममा उहाँको घरमा आगलागि भएको थियो । आगलागिबाट घर पुर्ण रुपमा क्षती भएको छ । भने अन्नपात लत्ताकपडा, भाडाकपडा जलेर नष्ट भएको छ । यस्तै घरमा रहेको सुन १ तोला, नगद १ लाख गरी अन्दाजि ५ लाख ५० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

Comment here