समाचार

राहतको चामलका बोरो, तौल पुरा

सिन्धुली, २० जेठ २०७७

सिन्धुलीको कमलामाई नगरपालिकाले वितरण गरेको  राहतको चामलका बोरा कम तौलको भएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सोमबार गुनासो पुग्यो । गुनासो आउना साथ जिल्ला प्रशासन कार्यालय सिन्धुुलीले तत्कालै गुनासो आएको ठाउमा पुगेर चामलको बोरा तौल गरियो तर चामलको बोराको तौलमा कमी पाईएन त्यो आरोप मै सिमित भयो ।

राहतमा अनियमितता, कम तौल भएको भन्ने गुनासो लिएर नेपाली कांग्रेस सहित अन्य साना दल जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेका थिए । गुनासो आउना साथ जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकिय अधिकृत उपेन्द्र न्यौपाने सहितको एक टोलीले चामलको तौल जाँच गर्न सोमबार नै वडा नं. १४ रानीबासमा पुगेको थियो ।

वडा कार्यालयमा राहत वितरण गरेर बाँकी रहेको चामाल तौल गर्दा तौलमा कमी भएको पाईएन प्रशासकिय अधिकृत न्यौपानेले भन्नुभयो । गुनासो आएपछि सवै निकायहरुको उपस्थितीमा राहतको चामल जाँच गरेका हौ उहाँले भन्नुभयो नगरपालिकाले वितरण गरेको चामल मापदण्ड अनुसार नै पाईयो तौलमा पनि कमि थिएन् ।

यता कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषेत्तम सुवेदीले भन्नुभयो वडामा वितरणका लागि राखिएको राहतको चामल पुनः तौल गर्दा कमी भएको पाईएन । यस अघि जिल्ला प्रशासन कार्यालय सिन्धुली रहेको भवनलाई हामीले गोदाम बनाएका छौ, गोदामबाट चामल वडामा पठाउदा तौल गरेर मात्र पठाउने गरिएको छ उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो नगरपालिकाका १३ वटै वडामा राहत बाढेका छौ तर राहत पाउनेहरुबाट कम तौल भाये भन्ने गुनासो आएको छैन । नगरपालिकाले प्रचलित मापदण्ड अनुसार विधि र प्रक्रियाबाट राहत वितरणगर्दै आएको उहाँको भनाई रहेको छ ।

यता वडा नं ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले राहत माग गरेको र अरु वडामा वितरण हुदा उक्त वडाको राहत गोदाममा नै थन्किएर बसेको बताउनुभयो । ‘हामीले तीन दिनको समय सिमा दिएका छौ, वडाध्यक्षले आएर राहत नलिए फिर्ता ल्याउछौ र अन्य वडाबाट माग भएको आधारमा वितरण गर्नेछौ । लामो समय सम्म गोदामा नै राहत राख्दा विग्रन सक्छ’ उहाँले भन्नुभयो ।

Comment here