समाचार

लकडाउन जेठ ३२ गतेसम्म थप

काठमाडौँ, १८ जेठ २०७७
सरकारले जारी बन्दाबन्दी जेठ ३२ गते आइतबारसम्मका लागि थप गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले असार १६ गतेसम्मका लागि अन्तर्रा्ष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णयसमेत गरेको छ ।

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले जारी बन्दाबन्दी जेठ ३२ गतेसम्मका लागि थप गरिएको जानकारी दिनुभयो । यसअघि सरकारले जेठ २० गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको थियो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न बन्दाबन्दी प्रभावकारी भएको निष्कर्ष सरकारको छ । चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी जारी छ ।

प्रवक्ता डा।खतिवडाले बन्दाबन्दीको स्वरुप परिमार्जनबारे समेत छलफल भएको जानकारी दिनुभयो । उहाका अनुसार, कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई बन्दाबन्दीको परिमार्जित स्वरुपबारे छलफलगरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न समेत निर्देशन दिइएको छ ।

Comment here