समाचार

कोरोना संक्रमणबाट थप एक युवकको मृत्यु

काठमाण्डौ, १७ जेठ २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नः ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो ।

जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताउनुभयो ।

Comment here