जीवन सैली

कोरोना संक्रमितको संख्या १४०१ पुग्यो, २१९ जना निको भए

काठमाडौँ, १७ जेठ २०७७

नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । आज थप १८९ जनामा कोरोना भाइरसको पुष्टि भएसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४०१ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । हाल सम्म संक्रमित हुनेमा पुरुष एकहजार २८८ र महिला ११३ रहेका छन् ।

पछिल्लोपटक कोरोना संक्रमित थप हुनेमा कपिलबस्तु ११४, धनुषा ७, झापा १, ललितपुर १, महोत्तरी ४, रौतहट ६, सर्लाही १७, सिराहा ११, सप्तरी ९, दाङ ५, दैलेख १४, पर्सा २, बारा १ र संखुवासभाका २ जनालाई सङ्क्रमित पुगेको छ । सङ्क्रमित जिल्ला ५३ पुगेको छ ।
त्यसैगरी, थप १३ जना डिस्चार्ज हुनुभएको हो । योसँगै निको भएर डिस्चार्ज हुने २१९ पुगेको छ ।

Comment here