जीवन सैली

सिन्धुलीको पहिलो कोरोना संक्रमित डिस्चार्ज

सिन्धुली, १७ जेठ २०७७

सिन्धुली घर भाई काठमाण्डौमा कोरोना भाइरस संक्रमित एक महिला आज निको भई अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।
अस्पतालको उपचारपछि निको भएर आज डिस्चार्ज हुनु भएको हो । अस्पतालबाट डिस्चार्ज भएसंगै उहाँ घर फर्किनु भएको परिवार स्रोतले बताएको छ ।

ती महिला डिस्चार्ज भएको जानकारी पाएपछि कमलामाई नगरपालिका–९ भिमान नजिकैको पन्नेसीमा रहेका परिवारजनमा खुशी छाएको छ । गत जेठ ९ गते कोरोना पोजिटिभ देखिएपछि उहाँ १० गते बिहान अस्पताल भर्ना हुनु भएको थियो ।

Comment here